23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ, असार २४ ।

धादिङबेंसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।

खेतमा पानी लगाउन लाग्नुभएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबेंसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो ।

-रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles