महोत्तरीको जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधनमा रोक

द्वारा : सुदुर न्युज
0

महोत्तरी, असार २३ ।

महोत्तरीको औरही र गौशाला नगरपालिकाको सीमामा पर्ने जंघानदीको पुल उच्च जोखिममा भएपछि ठूलो सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

गतसाता नदीमा आएको भीषण बाढीले पुलको पूर्वीखण्डको दायाँबायाँ छेउको माटो कटान गरिएपछि पुलबाट सवारीसाधन चलाउनमा रोक लगाइएको हो ।

सो पुलको १ नं पिलरको अवस्था कमजोर भएपछि ठूलो सवारीसधान पूर्णरुपमा रोक लगाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पुलबाट टेम्पो, जीप लगायतका स–साना सवारीसधान चलाउनको लागि अनुमति दिएको तर ठूलो सवारीसाधनलाई खोलाबाट डाइभर्सन बनाएर ओहोरदोहोर गराउँदै आएको छ ।

त्यस्तै नदीमा पानी आएको खण्डमा औरहीबाट गौशालातर्फ आउने ठूलो सवारीसाधन बर्दिवास भएर आउने वातावरण मिलाइएको छ ।

एक सय ४९ मिटर लम्बाइ रहेको सो पुलबाट बर्दिवास जलेश्वर, सडकखण्डको साथै सर्लाहीको मलंगवासम्म जानको लागि सहज हुने भएकाले अधिकांशको लागि यो सडकखण्ड नै पहिलो रोजाइमापर्ने गरेको छ ।

-रासस

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy