36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

जोखिममा जाजरकोट

जाजरकोट, असार २३ गते ।

भेरी नगरपालिका–३ र ४ मा पर्ने खलंगा बजारका न्यूरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र याला पहिराको उच्च जोखिममा छन् ।  शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका तीन दर्जन घर जोखिममा परेका हुन् ।

त्यहाँ सवारी आवागमनमा रोक लगाइएको छ । न्यूरोडमा करीब १०० मिटर सडक पहिराले छोपेको छ । मापदण्डअनुसार सडक निर्माण तथा ढल निकासको व्यवस्थापन नहुँदा बजारभित्र ठूलो पहिरो जानाका साथै दर्जन स्थानमा सडक भासिएको छ ।

तत्काल पहिरो रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा छ”, स्थानीयवासी कमानबहादुर खड्काले भन्नुभयो, “अलिकति पानी पर्नेबित्तिकै पहिरो जान थाल्छ ।”

भिरालो भूबनोटको खलंगामा अव्यवस्थित सडक निर्माणले जोखिम बढाएको स्थानीयवासीको गुनासो छ ।

रुपैडिहादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा–कालेगाउँ सडक स्तरोन्नतिका क्रममा ग्याभिन र नाली निर्माणलगायत काम गुणस्तरीय नभएको उनीहरूको भनाइ छ ।

सडक निर्माणका क्रममा न्यूरोड सबैभन्दा बढी जोखिममा परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले खलंगा–रिम्ना सडक स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँठाउँमा पहिराको जोखिम बढेको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताउनुभयो  ।

रु १२ करोड लागतको सडक स्तरोन्नति रोजेन्द्ररजलजला जेभी काठमाडौँले गर्दै आएको छ । न्यूरोडको पहिरो नियन्त्रण गर्न रु एक करोडभन्दा बढी बजेट आवश्यक पर्ने वडाध्यक्ष शाहको भनाइ छ ।

ठाडो भित्तामा भवनसंहिता तथा प्राविधिक डिजाइनविना चार र पाँचतले घर निर्माण गर्नु जोखिम निम्त्याउने अर्को कारण हो । नगरपालिका क्षेत्रभित्र नाली र ढलको उचित व्यवस्था छैन ।

यस्तो अवस्थामा यहाँ पहिराको जोखिम टार्न स्थानीय सरकारले नभ्याउने र तत्काल माथिल्लो निकायले पहल नथाले ठूलो धनजनको क्षति हुने भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताउनुभयो  । सडक विभाग, भवन तथा शहरी विकास विभागलगायत निकायले तत्काल उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles