23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

बनियानी, झापा, असार २३ गते ।

झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ ।

युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो ।

‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै उक्किन थालेका छन्’, युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भन्नुभयो, “गुणस्तरहीन भएको थाहा पाएपछि हामीले तालाबन्दी गरेका हौँ ।”

शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्र प्रयोग गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताउनुभयो ।

उहाँले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने उल्लेख गर्नुभयो ।
जिल्लाको विभिन्न स्थानमा निर्माण भएका सडक गुणस्तरहीन भएको भन्दै स्थानीयबासीले गुनासो गरेपछि युवा संघले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा शिवसताक्षीको धरमपुर–पाराबारी ९ किलोमटर सडक, कनकाई नगरपालिकास्थित लक्ष्मीपुर चोकमा सडक फराकिलो बनाइएको ठाउँ र अर्जुनधाराको जयपुरमा १ किलोमिटर कालोपत्रेको अवस्था गुणस्तरहीन भेटिएको केन्द्रीय सदस्य सापकोटाले बताउनुभयो ।
यता, उद्योगका सञ्चालक डा.दिपककुमार सिंहले आफ्नो उद्योगबाट उत्पादन भएको अलकत्रा गुणस्तरहीन नभएको दाबी गर्नुभयो ।
‘हामीले उत्पादन गरेको अलकत्रा गुणस्तरीय छ’, उहाँले भन्नुभयो ।  (रासस)

अघिल्लो लेखमा
अर्को लेखमा
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles