36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

झलुङ्गे पुल निर्माण

बबियाचौर, म्याग्दी, असार २३ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कस्थित रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

रु २९ लाख ९२ हजारको लागतमा निर्माण भएको ६३ मिटर लामो झोलुङ्गे पुलबाट कुइनेमंगलेका चौरखानी, मंगलेखानी, खरिबोट, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी गाउँका १६९ घरधुरीका एक हजार जना लाभान्वित भएका छन् ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु २५ लाख ५९ हजार, गाउँपालिकाको रु एक लाख ८६, ६० हजार ५०० श्रमदान, टिबीएसयुको रु एक लाख ९२ हजारको लठ्ठा र बु्रल्डअफ ग्रिप सहयोगमा पुल निर्माण भएको उपभोक्ता समितिका सचिव अगेन्द्र छन्त्यालले जानकारी दिनुभयो ।

मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुहँुदै पुलले आवतजावतमा सहज बनाएको बताउनुभयो ।

लक्ष्यअघि नै भवन निर्माण

मालिका गाउँपालिका–४ च्युरिबोटस्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा सञ्चालित भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको हो ।

१५ महिनामा भवन बनाउने सम्झौता भए पनि १२ महिनामा भवन बनाएको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो । पूर्वाधार योजना ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जयलक्ष्मी जेभिले इच्छाशक्ति, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताउनुभयो ।

१७ श्यया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य विसं २०७४ साउनमा शुरु भएको थियो । रु एक करोड २६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पूरा गरेर भवन डिभिजनमार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताउनुभयो ।

कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताउनुभयो ।  (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles