सर्पले डसेर रौतहटमा २ को मृत्यु

द्वारा : सुदुर न्युज

विषालु सर्पले डसेर शुक्रबार बिहान रौतहटमा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईसनाथ गाउँपालिका २ लक्ष्मिनिया निवासी १४ वर्षीय असरे आलम र गौर नगरपालिका ३ बस्ने ४५ वर्षीया मुनीकुमारी पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमलाई खेतमा सिंचार्इं गर्ने क्रममा र पटेललाई घर आंगनमा बसेको बेला विषालु सर्पले डसेको प्रहरीले जनाएको ।

सदरमुकाम गौरभन्दा करिब १६ किलोमिटर पश्चिममा भारतीय सिमानासँग जोडिएर रहेको लक्ष्मिनियामा सर्पले डसेर बिरामी भएका आलमलाई उपचारको लागि भारतको घोडसहन पुर्‍याइएको थियो । उनको उपचारको क्रममा घोडासहन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटमा अहिले सर्पदंशको घटना बढेको गौर अस्पतालले जनाएको छ ।

 

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com