26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सुन ओसार–पसारमा संलग्न पाँचजना पक्राउ

काठमाडौं, असार १८ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नागढुङ्गाबाट बरामद तीन किलो अबैध सुनको ओसार–पसारमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको छ ।

सुन बोक्न प्रयोग गरिएको युके ०२, ४६८४ लेखिएको भारतीय नम्बर प्लेटको गाडीबाट अबैध सुनको ओसारपसार हुने गरेको सुराकीका आधारमा काठमाडौं परिसरले शनिवार सुनसँंगै पाँचजनालाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलका अनुसार, पक्राउ पर्नेहरुमा एक महिलासहित पाँचजना छन् ।

भारतमा ठेक्कापट्टको काम गर्दै आएकी २५ वर्षीया सज्जना साह, उनका सहयोगी आशिषकुमार साह, दीपक कुमार मैर्या, चन्द्रमोहन जोशी र मनोज विक रहेका छन् । अभियुक्त जोशी र विक महेन्द्रनगरका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै काठमाडौं भित्रिएको तीन किलो अबैध सुन लिन सज्जना शाह भारतबाट महेन्द्रनगर हँुदै चारदिनअघि काठमाडौं आइपुगेकी हुन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, अशोक र चन्द्रमोहनलाई सँंगै लिएर सुन लिन काठमाडाँैं आएकी सज्जनाले उक्त सुन हातपरेपछि भरियाको रुपमा भारतीय नम्वर प्लेटको गाडी सहित सहयोगी दीपककुमार र मनोजलाई बोलाएकी थिइन् ।

गत शनिवार दिउँसो गाडीको ‘एयर फिल्टरमा लुकाएर भारत लैजाँदै गरेको उक्त अबैध सुनको सम्बन्धमा विशेष सुराकी परेपछि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले संयुक्त रुपमा गाडीलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो ।

उक्त अबैध सुन र सुन ओसार–पसारमा संलग्न सबै अभियुक्तहरूलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको जानकारी परिसरले दिएको छ ।

‘साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणपछि सुन तस्करी सेलाएको थियो तर यो घटनाले तस्करी अझै कायम छ भन्ने सूचना प्राप्त भएको छ’, परिसर प्रमुख पोखरेलले भन्नुभयो, ‘ठूलो परिणामको नभएपनि स–सानो मात्रामा सुन अबैध मार्ग हुँदै भारत पठाइने गरेको संकेत फेला परेको छ ।’

नागढुङ्गा प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको उक्त मारुती कार २०७५ वैशाख यता चारपटकसम्म महेन्द्रनगर, गड्डाचौकी आउने जाने गरेको जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles