36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

कतै रोपाइँ, धेरै खेत बाँझै बोरिङ पनि सुक्न थाल्यो

धनगढी, असार १७ ।

सिँचाइ सुविधा नहुँदा कैलालीका किसानका लागि असार १५ ‘हर्ष न विस्मात’ बनेको छ । खडेरीका कारण मध्य असारसम्म पनि रोपाइँ गर्न नसकेको किसानको गुनासो छ ।

भूमिगत बोरिङ र पम्पसेटको सहायताले कतै रोपाइँ भइरहेको छ तर अधिकांश ठाउँमा खेत अझै बाँझै छ । खडेरीका कारण भूमिगत बोरिङको पानी पनि सुक्दैगएकाले रोपाइँ गर्न नसकेको कैलारी गाउँपालिका–५, पवेराका किसान राजाराम चौधरीले बताउनुभयो ।

खेत सिचाइँ गर्ने एउटै विकल्प बोरिङ हो । त्यसमा पनि पानी सुक्दैछ, उहाँले भन्नुभयो, बोरिङको भरमा पनि रोपाइँ गर्न सकिएन ।

कैलालीमा रोपाइँका लागि पर्याप्त हुने मनसुनी वर्षा अझैसम्म भएको छैन । किसानको खेतमा रोप्नका लागि ब्याड तयार छ तर खेतमा धूलो उडिरहेको छ । कुनै बेला गुरगी सिँचाइ आयोजना हुँदा यो बेलासम्म रोपाइँ सिध्याउने कैलारी गाउँपालिका किसान अकाशे पानी कुरेर बसेका छन् ।

पवेराकै अर्का किसान बुधराम चौधरीले सरकारले किसानका लागि सिँचाइ सुविधाको व्यवस्था गर्न नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, गुरगी सिँचाइ आयोजना बनाइदिएमा धेरै हदसम्म समस्या समाधान हुनेछ । ’

गुरगी सिँचाइ आयोजना निर्माणका लागि सम्बन्धित सरोकारवालालाई घचघच्याउँदै आए पनि सुनुवाइ नभएको चौधरीले गुनासो गर्नुभयो ।

रोपाइँ भएको खेतमा खडेरीका कारण धाँजा फाट्न थालेको छ । सुख्खाले ब्याड र रोपाइँ गरिएको खेतमा धान सुक्न थालेको कैलारी गाउँपालिका–७, बसन्ताकी कल्पना चौधरीले सुनाउनुभयो ।

जबसम्म सिँचाइको उचित व्यवस्थापन हुँदैन, तबसम्म धान उत्पादन बढ्न नसक्ने कृषि प्राविधिकको बुझाइ छ । साना, मझौला र ठूला सिँचाइ आयोजनाको व्यवस्था गर्न आवश्यक रहेको उनीहरू बताउँछन् ।

समयमा धान खेती गर्न र उत्पादन वृद्धिका लागि सिचाइँ सुविधा जरुरी रहेको प्रदेश ७, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

उहाँले यो वर्ष कैलालीमा अहिलेसम्म ४० प्रतिशत पनि धान रोपाइँ नभएको जनाउनुभयो । गतवर्ष यहीँ बेला ६०÷६५ प्रतिशत रोपाइँ भएको थियो तर सुख्खाका कारण यसवर्ष धेरै रोपाइँ भएको छैन, उहाँले भन्नुभयो, ढिलो रोपाइँ भएमा उत्पादन राम्रो हुँदैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles