40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

स्थानीयवासीको २ करोड बाट रुकुममा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

रुकुम, असार १४।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ ।

त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै रु आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु पाँच करोड, स्थानीयवासीको रु दुई करोड र सिभिल बैंकको रु एक करोड ऋणमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

अहिलेसम्म आयोजना निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ ।

नहर निर्माणको काम ९० प्रतिशत सकिएको सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिनुभयो । आयोजना निर्माणको प्राविधिक जिम्मा गौरा कन्सट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् ।

डेढ वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो ।

असार मसान्तसम्म काम सक्नुपर्नेछ । विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार रु १५ हजारदेखि रु ३० हजारसम्म रकम उठाएका थिए । आयोजना निर्माण भए दुई हजार २०० घरधुरी लाभान्वित हुनेछन् ।

त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles