23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

दश किलो रक्तचन्दन सहित एक पक्राउ

गौशाला, असार १४ ।

सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ ।

भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म जलेश्वरका सशस्त्र प्रहरी टोलीले मलिवाराबाट रक्त चन्दनसहित पक्राउ गरेको हो ।

रक्तचन्दनसहित पक्राऊ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी राजश्व गुल्मका प्रहरी नायब उपरीक्षक दिनेश मल्लले बताउनुभयो ।

-(रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles