प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाद्धारा प्रदेश सभा बैठक बहिष्कार

द्वारा : सुदुर न्युज

धनगढी असार ११

नेकपाले बहुमतको दम्भ देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले प्रदेश ७ को प्रदेश सभा बैठक बहिष्कार गरेका छन्।

चालु वर्षको बजेट कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउदा पनि सुने नसुनेझै गरेको भन्दै दुवै दलका प्रदेशसभा सदस्यले आज वोलाईएको बैठक बहिष्कार गरेका हुन् ।

बैठक सुरु हुने वितिकै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आ–आफ्नो स्थानमा उठेर विरोध जनाउदै बैठक बहिष्कार गरेका हुन् ।

सभामुख अर्जुन थापाले एक जना सदस्यलाई कुरा राख्न आग्रह गरेपछि काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट संसोधनको माग गरे ।

उनले भने ‘प्रदेश सरकारले ल्याएको बजेट कार्यकर्ता पोस्न केन्द्रीत छ, यसलाई संसोधन गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ प्रदेश गौरवका कुनै पनि योजना बजेटमा समावेश नगरी डल्लो पारेर ल्याएको बजेट टुक्राएर जनताको पक्षमा लैजान समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको अल्पकालीन बजेट कार्यान्वयनको अवस्थाका बारेमा समेत पटक÷पटक सदनलाई जानकारी गराउन माग गरेपनि सरकारले वेवास्ता गरेको उनले जिकिर गरे ।

सभामुख थापाले पटक÷पटक प्रतिपक्षी दलका प्रदेश सभा सदस्यलाई बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि आजको बैठक स्थगीत गरिएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com