27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु

राजविराज, जेठ ३१ गते ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बसकोे ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ ।

यस्तै, सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने वैजनाथ साह गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका वैजनाथको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यता बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको जिप्रकाले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles