40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता

धनगढी, २८ जेठ।

प्रदेश ७ सरकार गठन भएको झण्डै चार महिना पुग्नै लाग्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लाग्न सकेको छैन । तर, त्यसबारे अनौपचारिक रुपमा छलफल बहस हुन थालेको छ ।

सत्तारुढ दलका नेताहरुले स्थायी राजधानी धनगढी या अत्तरीया मध्ये एक ठाउमा हुने दावी गर्दै आएका छन भने त्यस विषयले मन्त्री परिषद बैठक र प्रदेश सभा बैठकमा प्रवेश समेत पाएको छैन ।

प्रदेश ७ सरकारले आन्तरिक रुपमा स्थायी राजधानी र नामाकरणका बारेमा छलफल गरिरहेको बताईएपनि टुंगोमा पुग्न नसक्दा छलफलमा नलाईएको जनाईएको छ ।

प्रदेशको नाम सेती महाकाली, खप्तड, अपी खप्तड, अखण्ड सुदूरपश्चिम, मानसखण्ड राख्ने विषयमा छलफल भईरहेको छ । संविधानतः प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानी तोक्नेछ ।

प्रदेश नम्बर ७ को राजधानी तोकेर नामाकरण गर्न प्रदेश सभामा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सासदले प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

काग्रेसका सासद भरत बहादुर खडका प्रस्तावक र काग्रेसकै सासद कर्ण बहादुर मल्ल र डिल्लिराज पन्त समर्थक रहेको प्रस्थाव प्रदेश सभा बैठकमा दर्ता गरिएको हो ।

उक्त प्रस्तावमा नेपालको सविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश सभाले प्रदेशको राजधनी र नामाकरण गर्नुपर्ने भएकाले एतिहासिक, दिर्घकालिन विकाश र सन्तुलित हिसावले राजधानी तोक्न र नामाकरण गर्न माग गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles