41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते

काठमाडौं, जेठ २८

गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए ।

सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles