33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर १ को संसदमा सम्बोधन, पत्रकारलाई निषेध, पत्रकारहरू गेट बाहिर धर्नामा

काठमाडौ, २६ जेठ ।

प्रधानमन्त्री केपी ओलीले सनिवार प्रदेश–१ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रदेश–१ को आज बस्ने संसद बैठकलाई सम्ब्ेधन गर्न प्रधानमन्त्री ओली मोरङको विराटनगर पुग्नु भएको छ । बैठकमा प्रदेशको आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश–१ कोसंसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको विकास र समृद्धि हासिल गर्न नागरिक अधिकार, सबैलाई समान अवसर र मजबुत सुरक्षा नीति अपनाइने जानकारी दिनुभयो।

प्रदेश–१ प्रमुख कुव‘रले सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी ओलीले सम्बेधन गर्नु हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले यसधि प्रदेश ३ को संसद बैठकलाई सम्बोधन गर्नु भएको थियो ।

प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश सभालाई सम्बोधन गर्दै हुुनुहुन्छ ।

सधै २० ओटा कुर्सी पत्रकारहरुका लागि छुट्याइने गरिएपनि आजको बैठकमा भने पत्रकारलाई रोक लगाएर त्यहाँका उद्योगी ब्यवसायीहरुलाई अतिथि बनाएर लगिएको छ ।

त्यसकै बिरोधमा प्रदेश सभा भवनको मुल गेट अगाडि पत्रकाहरु धर्नामा बसेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles