36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

ठेकेदारलाई पक्राउ गर्न निर्देशन, १०६ निर्माण कम्पनी को नाम सर्बजनिक

काठमाडौँ, जेठ २६ गते ।

गृह मन्त्रालयले सम्झौताअनुसार विकास निर्माणका कामहरू सम्पन्न नगर्ने निर्माण ब्यवसायीहरूको नाम सर्वजनिक गरेको छ ।

गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले उपत्यकाभित्र विकास निर्माणको जिम्मेवारी लिएका १०६ वटा निर्माण कम्पनीको नाम सार्वजनिक गरी निर्माण कम्पनीका सञ्चालकहरूलाई पक्राउ गर्न निर्देशन दिनुभयो ।

महानगरीय प्रहरी परिसर टेकुले पनि मन्त्रालयबाट प्राप्त पत्र अनुसार, सरकारसंँगको सम्झौता अनुरुप विकास निर्माणका काम समयमा सम्पन्न नगरी अलपत्र पार्ने र पूरा नगरी फरार हुने निर्माण ब्यवसायीहरूलाई पक्राउको तयारी भइरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार, त्रिवेणीकन्स्ट्रक्सन कम्पनी, नयाँ युग निर्माण सेवा जोरपाटी, केदार निर्माण सेवा, स्वच्छन्द र छिरिङ्ग जे.भी, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन, महादेव खिम्ति मिचिको जेभी, रानीवन कन्स्ट्रक्सन, वाइस धारा निर्माण सेवा र जागृत निर्माण सेवा रहेका छन् ।

त्यस्तैं, एडभान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी, इभांशु–इसा विल्डर्स, वि कन कम्पनी, श्रृषुस्व सत्यम कन्स्ट्रक्सन, ओम महासरस्वती र हेमन्त जेभी, गौरी गणेश निर्माण सेवा, केउरेनी वाराही निर्माण सेवा, एड्भान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी, लुना निर्माण सेवा र पूर्ण विनायक कन्स्ट्रक्सन छन् ।

वाइस धारा निर्माण सेवा, मल्टीस्टार कन्स्ट्रक्सन, मौलिक कन्स्ट्रक्सन, श्रेष्ठ प्रेरा जेभि, सूर्य जीवन कम्पनी, ओम निलकण्ठेश्वर कम्पनी, रोस्लिन कन्सट्रक्सन प्रालि, कमलजित निर्माण सेवा, दि कन्चनजङगा, गोल्डेनगुड र पिएस, मौलिक कन्सट्रक्सन र जलसुरी देवी निर्माण सेवा लगायत रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles