प्रदेश ७ मा इन्धनको माग बढी, निगमका प्रवक्ताको धम्की : हाकिमले चिठि लेख्दैमा धनगढीका लागि ट्याङकर थपिदैन

द्वारा : सुदुर न्युज

धनगढी जेठ २४

नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्र गोईतले एक जना हाकिमले चिठि लेख्दैमा धनगढीका लागि ईन्धन बोक्ने ट्याङकर नथपिने बताएका छन् ।

उनले धनगढीका लागि ईन्धन बोक्ने ट्याङकर थप्न कुनै आवश्यक नरहेको जिकिर गरे ।

प्रदेश नम्बर ७ मा सामान्य समयमा पनि ईन्धनको हाहाकार हुने गरेका बेला आयल निगमका प्रवक्ता गोईतले भने धनगढीका लागि चाहिने भन्दा बढी ईन्धन आपुर्ती भईरहेको दावी गर्दै थप ट्याङकरको कुनै आवश्यकता नरहेको जिकिर गरेका हुन् ।

उनले प्रदेश ७ को बजारको मागभन्दा बढी यस क्षेत्रमा ईन्धन ढुवानी भईरहेको दावी पनि गरे ।

नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीले केहि महिना अघि मात्रै धनगढीमा ईन्धन ढुवानीका लागि ट्याङकर थप्न माग गर्दै केन्द्रमा पत्राचार समेत गरेको थियो ।

तर आयल निगमका प्रवक्ता गोईतले एक जना कार्यालय प्रमुखले माग गर्दैमा ट्याङकर थप्ने निर्णय हुन नसक्ने बताए ।

प्रदेश नम्बर ७ मा अहिले दैनिक कम्तीमा ३ लाखदेखी अधिकतम ७ लाख लिटरसम्म ईन्धन खपत भईरहेको छ ।

तर आयल निगमले बजारको माग धान्न नसक्दा किसानहरुले खेती पाती गर्ने समयमा डिजल समेत पाउन सकेका छैनन् ।

हरेक बर्ष खेतीपातीका बेला किसानहरु ईन्धनका लागि ग्यालेन बोकेर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता छ। तर आयल निगमका प्रवक्ता गोईतले भने मागभन्दा बढी ईन्धन आपुर्ती भईरहेको दावी गर्दै ढुवानीका लागि ट्याङर नथपिने बताए ।

यता आयल निगम क्षेत्रिय कार्यालयका निमित्त प्रमुख शिवराज भण्डारीले भने माग अनुसारको आपुर्ती गर्न नसकिएकै कारण ट्याङकर थप्न माग गर्दै केन्द्रमा पत्राचार गरेको बताए ।

एक दिन मात्रै कुनै कारणबस ढुवानी हुन नसके बजारमा ईन्धनको हाहाकार मच्चीने समस्या रहेको उनको भनाई छ ।

प्रदेश ७ मा ईन्धनको सहज आपुर्तीका लागि २५ देखी ३० ओटा ट्याङकर थप्न आवश्यक रहेको धनगढी डिपोले जनाएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com