34.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

ललितपुरको दुर्इ स्थानमा बर्डफ्लू देखियो, कुखुरा नष्ट गर्न टोली परिचालित

ललितपुर, २५ जेठ ।
यहाँका दुई स्थानका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । बडिखेल(४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फार्ममा बर्डफ्लू देखिएको हो ।
त्यसैगरी गोदावरी नगरपालिका(२ महादेव डाँडामा रहेको अनु थापाको फार्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयाका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।
बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए। तर नष्ट गरिएका कुखुराको संख्या भने एकीन नभएको सातदोबटो प्रहरी बृत्तका डीएसपी बिनोद सिलवालले जानकारी दिए ।
बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फार्ममा दुईवटा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख साहले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles