32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

मुख्यमन्त्रीले दिए लुटेरा समाप्ने प्रहरीलाई वधाई

धनगढी, जेठ २४।

धनगढीको मुख्य वजारमा दिन दहाडै गोली हानी रकम लुट्ने समुहलाई समाप्ने प्रहरीलाई प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले वधाई दिएका छन ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्कै कार्यालयमा वोलाएर मुख्यमन्त्री भट्टले प्रहरी अधिकृतहरुलाई वधाई दिएका हुन् । प्रहरी अधिकृतसँगको भेटमा मुख्यमन्त्री भट्टले शान्ति सुरक्षा कायमगर्न सफल भएको भन्दै आफुहरु सहयोगका लागि तयार रहेको वताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेको नेतृत्वमा टोलीलाई मुख्यमन्त्रीले वोलाएका थिए ।

भेटमा प्रहरी उपरिक्षक घिमिरेले सुचना प्रविधिको माध्यमले अपराधहरुको अनुसन्धान गर्नुपर्ने अवस्था आएको भन्दै सोही अनुसारका उपकरणहरु आवश्यक रहेको जानकारी गराएका थिए।

मुख्यमन्त्री भट्टले त्यसका प्रदेश सरकारले गर्न सकिने सहयोग गर्ने आश्वासन दिएका थिए ।
गत जेठ १३ गते धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी साढे ९ लाख लुट्ने गिरोहलाई प्रहरी एक साता लामो अनुसन्धानपछि समातेको थियो ।

योजनाकार सहित ५ जना पेस्तोल र त्यसको गोली प्रयोग भएको मोटरसाईकल सहित झण्डै ५ लाख रकम पनि वरामद गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles