27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

गोली प्रहार गरी साढे ९ लाख कसरी लुटियो, प्रहरीद्वारा आधुनीक टेक्नोलोजीको प्रयोग द्वारा ठुलो सफलता

धनगढी, २३ जेठ ।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख रकम लुटपाट गर्ने गिरोहका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी लुटपाट घटनाका मुख्य योजनाकार सहित संलग्न ५ जनालाई सार्वजनिक गरेको हो ।

गत जेठ १३ गते विहान सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो आईएमई सेन्टर आउँदै गरेका निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्ने गिरोहका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका– ६ जाईका राजकुमार चौधरी, कन्चनपुरको बेलौरी नगरपालिकाका ६ रिचाहाका उग्रसेन राना, कन्चनपुरकै कृष्णपुर नगरपालिका ६ का कल्लु भनिने कालु राना, धनगढी उप महानगरपालिका १३ कैलाली गाउँका रामप्रवेश राना र धनगढी उपमहनगरपालिका ६ जालीका विरु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुसँगै घटनामा प्रयोग भएको हतियार, लुटेरा चढेर आएको मोटरसाईकल लुटिएको साढे ९ लाख रकम मध्ये ५ लाख ४८ हजार ६ सय रुपैयाँसमेत प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ परेका मध्येका राजकुमार चौधरी घटनाका मुख्य योजनाकार रहेको जनाएको छ ।

जेठ १३ गते विहान विहान सिद्धार्थ वैंकवाट रकम झिकेर आफ्नो आईएमई सेन्टर आउँदै गरेका निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुट्ने गिरोहलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुसंगै गोली हान्न प्रयोग गरिएको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसमा प्रयोग हुने ६ राउण्ड गोली, लुटेरा चढेर आएको अपाची मोटरसाइकल सहित लुटिएको ९ लाख ५० हजारमध्ये ५ लाख ४८ हजार ६ सय रुपैयाँ प्रहरीले बरामद गरी सार्वजनिक गरेको संघीय प्रहरी ईकाई कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक हरि वाग्लेले जानकारी दिए ।

प्रहरीका अनुसार घटना घटेको तेस्रो दिन अर्थात जेठ १५ गते धनगढी उपमहानगरपालिका ६ का राजकुमार चौधरीलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले गोली हान्ने व्यक्ति बेलौरीका उग्रसेन राना भएको बयान दिएका थिए । त्यसको दोस्रो दिन प्रहरीले बेलौरीबाट उग्रसेन रानालाई समेत पक्राउ गरी सोधपुछ गर्दा उनले पिपरियाका कल्लु रानालाई सबै कुरा थाहा भएको बयान दिए ।

त्यसपछि प्रहरीले कल्लु रानाको फोन ट्यापिङ्ग गर्दै जाँदा उनी काठमाडौं रहेको देखाएपछि प्रहरी निरीक्षक भरत गिरि र प्रहरी सहायक निरिक्षक केशव जोशीलाई काठमाडौं पठाइ अपराध अनुसन्धान शाखाको सहयोगमा काठमाडौंका गोंगबु क्षेत्रबाट कल्लुराना र रामप्रवेश रानालाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए।

प्रहरीले निर्मल कार्कीमाथि गोली प्रहार गर्ने र मोटरसाइकल चलाउने उग्रसेन राना र पैसाको झोला लुट्ने कल्लु राना रहेको दावी गरेको छ ।

उनिहरुसंग लुटपाटको योजना बनाउने, हतियार र मोटरसाईकलको व्यवस्थापन गर्ने काम भने जाईका राजकुमार चौधरीले गरेको प्रहरीले जनाएको छ ।

जेठ १३ गते गोली प्रहार गरी रकम लुट्नुभन्दा एक दिन अगाडी उग्रसेन रानालाई कञ्चनपुरको लालझाडी जंगलमा गोली हान्न सिकाईएको र त्यहाँ दुई राउण्ड फायर पनि भएको प्रहरीको दावी छ ।

लुटेराहरुले रकम लुट्नुअघि झण्डै १५ दिनसम्म निर्मल कार्कीले बैङकबाट रकम झिक्ने र आईएमईमा आउने समयको निगरानी गरेको प्रहरी उपरिक्षक घिमिरेको भनाई छ ।

घटनाका मुख्य योजनाकार राजकुमार चौधरीले उग्रसेन राना र कल्लु रानालाई मोटरसाइकल र हतियार उपलब्ध गराउने काम गरेको प्रहरीले जनाएको छ । राजकुमार यसअघि हातहतियार तथा खरखजाना मुद्दामा जेल जीवन बिताएर फर्केका व्यक्ति हुन ।

उनले पछिल्लो समय भारतीय बजारबाट चोरीका सवारी साधन खरिद गरी नेपालमा विक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले राजकुमारले चढ्दै गरेको भारतीय युपी १७ एल ०९०० नम्बरको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यता दिनदाहाडै गोली प्रहार गरी लुटपाट मच्चीएपछि धनगढीमा सुरक्षा चुनौथी बढेको महसुस प्रहरीले गरेको छ । पुरानै ढर्राको अनुसन्धान पद्धतीले अपराध अनुसन्धानमा असहज भएकोले अब अत्याधुनिक अनुसन्धान पद्धति भित्राउने तयारी गरिरहेको प्रहरी उपरिक्षक घिमिरेले वताए ।

प्रहरीले लुटपाट घटनामा संलग्नहरुलाई हातहतियार तथा खरखजाना, ज्यानमार्ने उद्योग र डाँका चोरीको मुद्धा चलाउने जनाएको छ । गोली प्रहारबाट घाईते भएका निर्मल कार्की अहिले खतरामुक्त छन ।

– दिनेश खवर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles