ठगीमा जेल परेका सुधिर बस्नेत जेलमुक्त

द्वारा : सुदुर न्युज

काठमाडौँं, २३ जेठ।

१० अर्ब रुपैयाँ ठगीको आरोपमा जेल परेका सुधिर बस्नेत हिजो सोमबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार सदरखोरमा रहेका बस्नेत जेल सजाय काटेपछि जरिवाना तिरेर छुटेका हुन् । उनी १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

ओरेन्टल सहकारीलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेतलाई सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएको थिए ।

ठगी मुद्दामा जिल्ला अदालत काठमाडौं र भक्तपुरले उनीमाथि दुई दुई वर्ष जेल सजाय सुनाएको थियो ।

यसैगरी, काठमाडौं जिल्ला अदालतले उनीमाथि ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुरले ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो

राजधानी दैनिक

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com