36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

ठगी मुद्धाका फरार व्यक्ति पक्राउ, बैंकको कर्मचारी हु भन्दै ५ लाख ठगी पछी फरार

काठमाडौं, २२ जेठ,

ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतको २०७३ जेठ १० गतेको फैसलाले १ वर्ष कैद र ४ लाख ५८ हजार रुपैयाँ जरिवाना हुने ठहरेकोमा उक्त कैद तथा जरिवानामध्ये ९ महिना कैद र ४ लाख ५८ हजार रुपैयाँ बेरुजु रही फरार रहेका काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ थानकोट बस्ने धादिङ छत्रेदेउराली सिरानचौरका ३० बर्षीय राजेन्द्रप्रसाद लुइटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लुइटेललाई काठमाडौँ महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो । प्रहरीले लुइटेललाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पठाएको छ ।

लुइटेलले आफु राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवारको ऋण अधिकृत रहेको भनी जाहेरवाला कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी १ करोड ऋण दिलाई दिन्छु भनी पटक पटक गरी ४ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles