36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् ।

बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन ।

यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
अहिले  नारायणप्रप्रमुख जिल्ला अधिकारीसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ ।

पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोक्न लगाइएको छ । गाडी अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती बेहोरिरहेका छन् ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles