करोडौंको अनलाइन जुवा खेलाउनेलार्इ अदालतले २ सय जरिवाना तिराएर छाेड्याे

द्वारा : सुदुर न्युज

काठमाडाैं, २१ जेठ।

करोडौंको बेटिङ धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेकाहरुलाई जिल्ला अदालतले दुई सय रुपैयाँ जरिवाना भराएर रिहा गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यही जेठ १५ गते अन्तराष्ट्रिय खेलकुदमा बेटिङ अनलाइन जुवा खेलाउने धन्दा चलाएको आरोपमा फुटबलर अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध प्रहरीले पक्राउ गरेको ५ दिनमै जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको थियो ।

तर मुद्दा दर्ता भएको दिन सोमबार नै ती करौडौसँग खेल्ने सट्टेबाजीहरुलाई दुई/दुई सय रुपैयाँ जरिवाना भराएर छोडिएको छ ।

गिरोहका नाइके गौरव तिवारी, उनका सहयोगी भुपेन्द्र कुँवर, पूर्व राष्ट्रिय फुटबलर अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र दिनेश बोगटीलाई जुवा ऐनअनुसार उनीहरुलाई मुद्दा चलाइएको थियो ।

जसमध्ये बोगटीलाई अदालतले सफाई दिएको छ भने अरुलाई दुई/दुई सय रुपैयाँ जरिवाना भराइएको हो ।

फुटवलर केसी यसअघि म्याच फिक्सिङकाे अाराेपमा पक्राउ परेका थिए ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com