छिरिङ घलेले दिए सोच्दै नसोचेको बयान, भन्छन्–गोरेलाई चिन्दिन

द्वारा : सुदुर न्युज
0

२० जेठ, मोरङ ।

करिब ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले) पुर्पक्षको लागि जेल चालन भएका छन् ।

आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका घलेलाई अदालतका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले पुर्पक्षको लागि जेल पठाएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार कार्यालय खुलेलगत्तै घलेले आत्मसमर्पण गरेका थिए । त्यसपछि अदालतले उनको बयान लिएको थियो । बयानपछि थुनछेक बहस भएकोमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

अभियुक्त घले अर्का अभियुक्त भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका नातामा सालो भएको बताइएको छ । सुन काण्डका मुख्य अभियुक्त चुँडामणी उप्रेती गोरेले छिरिङ पनि सुन तस्करीमा संलग्न रहेको बयान दिएका थिए । यसअघि गत बिहीबार सुन काण्डमा मुछिएका एसएसपी श्याम खत्रीले पनि अदालतसामु आत्मसमर्पण गरेका थिए ।

अदालतलाई दिएको बयानमा घलेले घटनामा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको घलेले दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनकै मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।

छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

गोरे समूहका मानिसहरुले भन्ने गरेको डा.डेविट आफू नभएको दाबी गर्दै छिरिङले गोरेले अदालतमा उसको समूहका मानिसलाई बचाएर आफुलाई फसाउन खोजेको बताएका छन् । छिरिङले भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको स्वीकार गरेका छन् ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy