अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

द्वारा : सुदुर न्युज
0

तनहुँ, जेठ १७ ।

दमौली- तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्रनाउ मल्लले भन्नुभयो ।

एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मस्र्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy