28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

विराटनगर, १७ जेठ ।

मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई जेठ १६ गते बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

श्रीनिवासलाई सुनसरी जिल्लाको क्षेत्रीय कारागार झुम्कामा राख्ने निर्णयसमेत भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । आचार्यले भने आफूले आफैँमाथि गोली प्रहार गर्न नलगाएको बताएका छन् ।

यसैगरी, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका बस्ने २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्था गर्ने नवलपरासीको गैँडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्य चैत २५ गते बिहान १ः४५ बजे शौचालय गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौँ गएका थिए ।

प्रहरीको विशेष अनुसन्धान टोलीले वैशाख २४ गते बिहान आचार्यलाई काठमाडौँको गौशाला क्षेत्रबाट पक्राउ गरेको थियो ।(रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles