42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारी जरिवानामा

काठमाडौँ, जेठ ८ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारी गरी १३ हजारसँग जरिवाना असुल गर्न निर्देशन दिएको छ ।

अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार १३ हजार ३९० जनालाई जरिवाना गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको हो ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० (१) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

उक्त समयमा विवरण नबुझाएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३१(२) बमोजिम जनही पाँच हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।

आयोगको निर्देशन अनुसार १३ हजार ३९० कर्मचारीलाई जनही पाँच हजार रुपियाँका दरले जरिवाना हुनेछ । अख्तियारले आयोग बैठकको निर्णय अनुसार सम्बन्धित पदाधिकारी र कर्मचारीलाई कारबाही गरी सोको जानकारी आयोगमा पठाउन सम्बन्धित मन्त्रालय र सचिवालय र आयोग र केन्द्रिय निकायहरूमा लेखी पठाउने निर्णय गरेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles