प्रदेश ७ को मन्त्रीपरिषद को बैठक, महत्वपुर्ण निर्णयमा सहमति

द्वारा : सुदुर न्युज

३१ बैसाख, धनगढी ।

आज बसेको प्रदेश नम्वर ७ को मन्त्रीपरिषको बैठकले प्रदेश विनियोजन बिद्येयक, २०७५ तर्जुमा गर्न सैद्घान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रश्ताव गरेको प्रदेश विनियोजन बिद्येयक, २०७५ तर्जुमा गर्न सहमती भएको हो।

बैठकले प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक तर्जुमा गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो।

आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विद्येयकको प्रश्ताव सिद्घान्त र प्राथमिकता स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला मन्त्री झपट बोहराले जानकारी दिए।

आजको बैठकले “हेलो सिएम” कार्यक्रमको कार्यविधि मस्यौदा स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।

आजको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह र सामाजिक विकास मन्त्री दिर्घ सोडारी अनुपस्थित थिए।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com