26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

गौशाला,  बैशाख २८ ।

नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ ।

मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८÷१० वटा बस, दर्जनभन्दा बढी जीप, कार र सयौँ मोटरसाइकल जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

दुई दिनअघि प्रदेश नं २ का गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदीको स्वागतका लागि महोत्तरीका प्रत्येक पालिका प्रमुखलाई अनिवार्य उपस्थित हुन र जनसागर ल्याउन निर्देशन दिएअनुसार नै महोत्तरीबाट हजाराँैको संख्यामा मानिसहरु आज एकाबिहानै जनकपुरधामतर्फ लागेका छन् । आज बिहानैदेखि महोत्तरीका प्रत्येक सडकखण्डमा जनकपुर जाने सवारीसाधन र व्यक्तिको ठूलो भीड लागेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles