41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

आईजीपीलाई गुनासो गरेका प्रहरी जवान चन्दको जागिर चट्

धनगढी बैशाख २५ ।

फाटमा बस्न पाउन पर्ने माग गर्दै आईजीपीलाई निवेदन गरेका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दलाई सेवाबाट बर्खास्त गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दलाई जागिरवाट बर्खास्त गरेको हो । प्रहरी संगठनमा आँच आउने अनैतिक गतिविधि गरेको आरोपमा उनलाई बर्खास्त गरिएको हो ।

उनलाई गैरजिम्मेवार लेखहरु सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको, खटाइएको ड्युटी पनि नगर्ने र संगठनभित्रका अनावश्यक सूचना प्रवाह गर्ने कार्यमा समेत चन्द संलग्न भएको आरोप लागेको छ ।

प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका थिए ।

निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप पनि लगाएका थिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles