38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

पत्रकार महासंघ ७ नं प्रदेशको अध्यक्षमा अर्जुन शाह

बैतडी,२३ वैशाख-

नेपाल पत्रकार महासंघ ७ नं प्रदेशको ऐतिहासिक पहिलो प्रदेश निर्वाचनवाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् ।

शाहले प्रतिस्प्रर्धी हरि जोशीलाई ११७ मतले पछी पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । शाहले ३७९ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रर्धी हरि जोशीले २६१ मत प्राप्त गरे ।

बैतडीमा ४५ मत खसेकोमा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गरे।

दार्चुलामा ३९ मत खसेकोमा शाहले ९ र जोशीले ११ मत पाए भने १९ मत बदर गएका हुन ।

डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५ मत पाएका छन् । बझांगमा ३७ मत शाहले तथा ४ मत जोशीले पाए ।

डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गरे । अछाममा शाहले ५३ तथा जोशीले २७ मत पाए ।

बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत पाए ।

कैलालीमा १०० मत शाहले प्राप्त गर्दा जोशीले ४३ मत मात्रै प्राप्त गरे ।

कञ्चनपुरमा शाहले ७९ मत प्रप्त गरे भने जोशीले ८९ मत प्राप्त गरेका छन्।

प्रदेश नं ७ मा हरु पदका लागी भने प्रेश युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले सहमतीमा निर्विरोध निर्वाचित गराएका थिए ।

अध्यक्ष पदका लागी मात्रै भएको निर्वाचनमा प्रेस चौतारीका हरी जोशी र अर्जुन शाह भिडेका हुन ।

प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीन वटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसियट कमिटिमा भागबण्डा गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles