23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

प्रदेशसभा ७ः हिउँदे अधिवेशन अन्त्य

धनगढी, २१ वैशाख –

प्रदेश नं ७ को प्रदेशसभाको हिउँदे अधिवेशनको अन्त्य गरिएको छ ।

प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट हिउँदे अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

यस अवधिमा बसेका प्रदेशसभाका बैठकले प्रदेश नं ७ को प्रदेशसभा नियमावली २०७४ पारित गर्नाका साथै प्रदेशसभा नियमावलीबमोजिम प्रदेश सभामा रहने विषयगत समितिको गठन गरेको छ ।

यसैगरी प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट तथा विनियोजन विधेयक २०७५ र प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव समेत पारित भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles