प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्री सम्वोधन गर्दै

द्वारा : सुदुर न्युज

बुटवल, बैशाख १६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो ।

आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ । संसद् सचिवालयका सचिव डा मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गर्नुभएको छ । प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com