अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र

द्वारा : सुदुर न्युज

अत्तरीया बैशाख १६।

अत्तरियामा सडक क्षेत्र अतिक्रमण गरि राखिएका खोका छाप्रा हटाउने काम तिब्र बनाइएको छ। सडक डिभिजन कार्यालय र गोदावरी नगरपालिकाको पहलमा अत्तरिया चोक र चारैतर्फ रहेका खोका छाप्रा लगायतका समरचना हटाउन लागिएको हो।

शुक्रबार स्थानिय प्रसासनले आईतवार बिहान सम्म खोका छाप्रा लगायत अतिक्रमित क्षेत्रमा रहेको संरचना हटाउन सुचना जारी गरेको र आज बिहान सम्म पनि कतिपय संरचना नहटाइएपछी प्रहरी र सड्क बिभागका कर्मचारीहरुको सहयोगमा डोजरको प्रयोग गरि सडक क्षेत्र हटाउने काम तिब्र बनाइएको छ।

अत्तरिया क्षेत्रको सडक खाली गराउन इलाका प्रहरी र जिल्ला बाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक बिभागले अत्तरिया चोक बाट पुर्वमा मनेहरा पुल सम्म पश्चिममा गोदाबरी नदि पुल, र उत्तरमा दुर्गा लक्ष्मी मा.बि सम्मको सडकको बिच बाट २५÷२५ मिटरको दुरि भित्र पर्ने संरचना हटाउने जनाएको छ।

यसैबिच आज बिहान स्थानिय प्रसाशनले सडक क्षेत्रमा रहेका खोका छाप्रा हटाउन लागेपाछी खोका छाप्रा व्यव्सायीहरुले उचित स्थानमा व्यवस्थापनको माग गर्दै चर्का नारावाजी सहित बजार परिक्रमा गरेका थिए।

श्रोत – दिनेश खबर

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com