33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

काठमाडौं,१४ बैशाख–

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए ।

अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् ।

कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ ।

त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles