27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरियामा जग्गा खोजी सुरु

धनगढी, बैशाख १३ ।

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा रहेपनि स्थायी राजधानी भने कैलालीकै अत्तरियामा राख्ने तयारी भईरहेको छ । अत्तरियामा स्थायी राजधानीका लागि जग्गाको खोजी भईरहेको हो । अत्तरियामा प्रदेश ७ का सबै जिल्लाहरुको पायक पर्ने भएकोले तेघरी व्यारेक नजिकको क्षेत्र र नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको दक्षिण क्षेत्रमा राजधानीका लागि जग्गाको छनौट गर्न अध्ययन भईरहेको श्रोतले जनाएको छ ।

यस क्षेत्रका प्रभावशाली नेताहरुले अत्तरियालाई राजधानीका लागि समर्थन गरेपछि त्यहाँ जग्गाको खोजी सुरु गरिएको हो । तर प्रदेश ७ को व्यवस्थापिका संसदमा भने अहिले सम्म पनि प्रदेशको राजधानी र नामाङकनको बिषयले प्रवेश पाएको छैन ।

धनगढीमा अस्थायी राजधानी तोकिए पनि स्थायी राजधानी वनाउनका लागि जग्गा खोजेर मन्त्रालयहरु स्थापना गर्ने गरी अत्तरियामा राजधानी स्थापना गर्ने तयारी भईरहेको हो । मुख्य राजनितिक दलका ठुला नेताहरुले अत्तरियालाई नै प्रदेशको राजधानी बनाउने भित्रभित्रै सहमती गरेसंगै त्यहाँ जग्गाको खोजी सुरु भएको सहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले वताए ।

स्थायी राजधानीका लागि राजनितिक दलका नेताहरु सहित उच्च तहका कर्मचारीहरुले अत्तरियाको दुई ओटा स्थानको जग्गा स्थलगत अवलोकन गरी सकेर छनौटका लागि थप अध्ययन गरिरहेको पनि श्रोतले जनाएको छ । हुन त प्रदेश सभाको पहिलो बैठकले नै प्रदेशको नामाङकन र राजधानीको निर्णय गर्ने कुरा चर्चामा थियो । तर प्रदेश सभाको १७ औ बैठक बसिसक्दा समेत राजधानी र नामाङकनको विषयले संसदमा प्रवेश पाएको छैन ।

राजधानी र नामाङकनको बिषयमा अनौपचारीक छलफल चलिरहेको र अधिकतम सहमति प्राप्त हुने लक्षण देखिना साथ संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सभामुख अर्जुन बहादूर थापाले जानकारी दिए ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादूर थापा लगायत यस क्षेत्रका प्रभावसाली नेताहरु अत्तरियामा राजधानी बनाउने बिषयमा अधिकतम सहमति जुटाउने प्रयासमा रहेको श्रोतले जनाएको छ ।

धनगढी र अत्तरियालाई जोडेर महानगर बनाउने र अत्तरियामा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका मन्त्रालयहरु स्थापना गर्ने बुझीएको छ । अहिले अस्थाई रुपमा धनगढीमा स्थापना भएका मन्त्रालयहरु बढिमा तिन बर्षका लागि रहने भएकाले स्थायी प्रकृतिका मन्त्रालयका संरचनाहरु निमार्ण गर्न अत्तरियामा राजधानी रहने टुङगो छिट्टै लाग्ने बताईएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles