शुक्लाफाँटा नगरपालिकाका १४ वटा कानून राजपत्रमा प्रकाशित

द्वारा : सुदुर न्युज

कञ्चनपुर, वैशाख ६।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानून राजपत्रमा प्रकाशन गरेको छ। राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्य्विधि, एक आचारसंहिता र एक निर्दे्शिका प्रकाशन गरिएका हुन्।

कार्यपालिकाको बैठकबाट कार्य्विधि, निर्दे्शिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्य्विधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य्विभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्य्विधि नियमावली, २०७४ रहेका छन्।

यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्य्विधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्य्विधि २०७४, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्य्विधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्दे्शिका २०७४ प्रकाशन गरिएका छन्।

प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख ऐरले बताए। ऐन, नियमावली, कार्य्विधि र निर्दे्शिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख ऐरले भने, “नगरको कार्य सञ्चालन गर्नका लागि सघाउ पुगेको छ।”

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com