37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

मुख्यमन्त्री भट्टद्धारा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

धनगढी बैशाख ५।

मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई धनगढीको एक सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।

धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मुख्यमन्त्री भट्टले कान्छी छोरी पुष्पा भट्टलाई भर्ना गरेका हुन्।

भट्टले १४ वर्षिय पुष्पालाई कक्षा ८ मा भर्ना गरेका हुन्। छोरीलाई भर्ना गर्दै मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आ–आफ्नो स्थानबाट लाग्न आह्वान गरे।

सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न सबैले आफुबाट नै सुरुवात गर्नुपर्ने आवश्यकता रहेको समेत मुख्यमन्त्री भट्टको भनाई थियो ।

मुख्यमन्त्री भट्टकी जेठी छोरी लक्ष्मी डोटीको केआइसिँह गाँउपालिकाको देवस्थल माध्यमिक विद्यालयमा र छोरा विकास सुजंग माावि डोटीमा अध्ययन गर्दै आएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles