28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

दोलखामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चरीकोट, वैशाख २ गते ।

नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।

दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ जाँदै गरेको बा९२प ७२१४ नंको मोटरसाइकल गए राति जिल्लाको तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी उनीहरुको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नयाँ वर्षमा उनीहरु साथीसँग घुम्न आएको र तीव्र गतिमा मोटरसाइकल दौडाएकाले दुर्घटना भएको हो ।

मोटरसाइकल सडकबाट करीब १५० मिटर तल खसेको थियो. ।

(रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles