41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अब सात दिनमै स्मार्ट ड्राइभीङ लाइसेन्स

काठमाडौँ, २९ चैत ।

यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।

देशभरका जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने, राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ ।

तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे । सेवाग्राहीले सवारी चालक अनुमति पत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन् ।

कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा ढिलाइ भएको हो ।

गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles