१६० किलो लागूऔषध चरेश सहित एक जना भारतीय नागरिक पक्राउ

द्वारा : सुदुर न्युज
0

मलेखु, धादिङ, चैत २३ गते ।

प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ ।

चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy