23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनुषामा बम विस्फोट, एक महिला घाइते

महेन्द्रनगर, धनुषा, चैत २२ गते ।

धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा पाँचसय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो ।

धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताउनुभयो । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles