36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

अछाममा कांग्रेस र माओवादीद्वारा मतदान प्रक्रिया खारेजीको माग

अछाम : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् ।

एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी रमतदान अधिकृतको संलग्नतामा अरु पाटीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् ।

कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् ।

पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ । मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए ।

आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पाटीको आरोप छ । पायल एमाले जिल्ला अध्यक्ष एवम् पुर्व सभाषद शेरबहादुर कुवरको गाउँ हो

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles