पोल सार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, ५ जना घाईते

द्वारा : सुदुर न्युज

बागलुङ, १७ चैत्र,

जिल्लाको दक्षिण भेगमा अवस्थित जैमिनी नगरपालिका ४ सर्कुवामा बिजुलीको पोल सार्ने क्रममा शुक्रबार करेन्ट लागेर जैमनी ५ बिनामारेका २४ बर्षिय चन्द्र बहादुर थापा क्षत्रीको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन ।

करेन्ट लागेर घाइते हुनेमा जैमिनी नगरपालीका ५ का ३४ बर्षका होमनाथ शर्मा, सोही वडाका ६८ बर्षका धन बहादुर नेपाली, दुर्गा बहादुर परियार, ३४ बर्षका चित्रनाथ उपाध्यय र सोही वडाकै रमेश प्रसाद आचार्य छन् ।

काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल राख्दा पोलले तारमा छोएर करेन्ट लागेको कुस्मीसेरा प्रहरी चौकीका इन्चार्ज देवराज बानियाँले जानकारी दिए ।

लाईन नकाटी काम गरेको र काम गर्ने क्रममा नेपाल बिद्युत प्राधिकरण वलेवा शाखाका नारायण भनिने प्राविधिक घटनास्थलबाट केही पर भएका बेला घटना भएको हो ।

घाइतेहरुको बिनामारे स्वास्थ्य चौकीमा उपचार नभएपछी धौलागिरी अन्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था हातखुट्टा नचल्ने तर बोल्न सक्ने रहेको अस्पतालले जनाएको छ । प्राधिकरणको कर्मचारीलाइ सहयोग गर्नका लागी छिमेकी वडाबाट सो मानिसहरु पोल फेर्नका लागी गएका थिए ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com