27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रदेश ३ समितिका सभापतिको शपथ – सभामुख सानुकुमार श्रेष्ठको कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण

हेटौँडा, चैत १६ गते ।

प्रदेशसभा नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाअन्तर्गत रहने विभिन्न पाँच समितिमा निर्विरोध निर्वाचित हुनुभएका सभापतिलाई बिहीबार आफ्नो कार्यकक्षमा पद र गोपिनियताको शपथ ग्रहण गराउनुभएको छ ।

शपथ ग्रहण गर्नुहुने प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल – ललितपुर, अर्थ तथा विकास समितिको सभापतिमा सरेश नेपाल – सिन्धुपाल्चोक, सार्वजनिक लेखा समितिको सभापतिमा न्हुछेनारायण श्रेष्ठ – काठमाडौँ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल – चितवन र उद्योग, पर्यटन, वातावरण समितिको सभापतिमा रमा आलेमगर – काठमाडौँ हुनुहुन्छ ।

त्यस अवसरमा पाँचवटै समितिका सभापतिले प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गर्नुभयो । विहिबारै प्रदेश सचिवालयमा बसेका विभिन्न समितिका छुट्टाछुट्टै बैठकले ती समितिका सभापतिलाई निर्विरोध निर्वाचित गरिएको घोषणा गरिएको थियो ।

यही चैत्र १४ गते अपराह्न ३ देखि ५ बजेसम्म समितिका सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पाँचै समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचन भएको प्रदेशसभाका प्रमुखसचिव भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रदेशसभाअन्तर्गत रहने पाँच समितिमध्ये प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग, पर्यटन र वातावरण समिति स्थायी रुपमा रहने संसद सचिवालयका उपसचिव अधिराज राईले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles