41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

धरहरा निर्माणको माग गर्दै प्रमलाई ज्ञापन

काठमाडौँ, चैत १६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै धरहराको निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिनुभयो ।

उनीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी स्वकीय सचिव उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवन निर्माण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाइनुपर्ने माग पनि उल्लेख गरिएको छ ।

ज्ञापन बुझ्दै प्रधानमन्त्रीका निजी सचिव उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले ज्ञापनपत्रमा उल्लेख गरिएका कुरालाई प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो ।

धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले यही चैत ३ देखि ९ गतेसम्म हस्ताक्षर संकलन गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles