37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

गौरीफन्टा नाकाको आस नगर्नुहोस – भारतीय राजदुत पुरी

धनगढी, १५ चैत्र,

प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा हरेक पार्टी र ती पार्टीका उम्मेदवारहरुले प्रदेश नम्बर सातको विकासका लागि भारतसंग जोडिएको गौरीफन्टा नाकालाई मुख्य नाका र गौरीफन्टा जोड्ने दुधुवा नेशनल पार्क भित्रको सडकलाई स्तरोन्नतीका लागि भारत सरकारसंग पहल गर्ने प्रतिबद्धता आफ्ना घोषणा पत्रमै समेटेर मत मागेपनि त्यो पुरा नहुने देखिएको छ ।

प्रदेश नम्बर सातको दुई दिने भ्रमणका क्रममा धनगढी आएका नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपाल भारत मैत्री संघद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्पष्ट शब्दमा भने, गौरीफन्टा नाका र दुधुवा नेशनल पार्कभित्रको सडक स्तरोन्नती गर्न सकिदैन । व्यवसायीहरुसंगको छलफलमा राजदुत पुरीले गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न नसकिने स्पष्ट पारे ।

तपाईको सुबिधाका लागि गौरीफन्टा नाकालाई स्तरोन्नती गर्न संभव छैन, राजदुत पुरीले भने, दुधवा नेशनल पार्क बन्यजन्तु र वातावरणीय दृष्टिकोणबाट अत्यन्त संबेदनशील भएकोले त्यसलाई प्रभावित हुने गरी दुधुवा नेशनल पार्कभित्र नाका र सडक स्तरोन्नती कार्य हुन नसक्ने स्पष्ट पारे ।

म तपाईहरुलाई नसक्ने काम गर्छु भनेर भन्न सक्दैन, उनले भने, यो मैले भनेर वा चाहेर हुने कुरा होईन । म भन्दा माथि अरु पनि छन् ।

राजदुत पुरीले गौरीफन्टा नाकाको आस नगर्न धनगढीका व्यवसायीहरुलाई सल्लाह दिए । यो सडक चौडा हुने वा स्तरोन्नती हुने आस नगर्नुस, बरु दोधरा चाँदनीको विकास हुन सक्छ । तपाईहरुलाई त्यहाँ भएपनि सजिलो नै हुन्छ ।

दोधरा चाँदनीमा सुख्खा बन्दरगाह र त्यहाँ सम्म भारतीय रेल सेवा विस्तार भए पश्चिम नेपाल भारतको दिल्ली र मुम्बईसंग जोडिने पुरीको भनाई थियो ।

२० सालदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनालाई साकार बनाउन आफूले पहल गरिरहेको बताए । राजदुत पुरीले प्रदेश नम्बर सातका जनता र भारतको उत्तराखण्डका जनताले पाँच हजार मेगावटको पञ्चेश्वर आयोजनाको निर्माण भए बिकास र समृद्धिका लागि अर्को पुस्तासम्म पर्खिनु नपर्नै बताए ।

यही पुस्ताले विकास समृद्धि महशुस गर्नेछ । पञ्चेश्वरको आयोजनाले यहाँको विकासमा कायापलट गर्ने निश्चित छ ।

धनगढी बिमानस्थलको स्तरोन्नती र विकासको प्रशंसा गर्दै राजदुत पुरीले भने, अहिले जेटले उडान भरिरहेको यो बिमानस्थलको थप स्तरोन्नती भए त्यो भन्दा ठूला जहाँजले उडान भर्नेछन् ।

उनले टर्मिनल भवन बनेपछि पनि पुरानो टर्मिनल भवन समेत सुरक्षित राखेकोतर्फ लक्षित गर्दै भने, पहिले यस्तो थियो, अहिले यस्तो बनायौ भनेर सबैलाई देखाउनका लागि पनि राखेको हुनुपर्छ । यस्तो अन्यत्र कही देखेको थिएन ।

राजदुत पुरीले हवाई र रेल सम्पर्क गर्न सकिए प्रदेश नम्बर सातको विकास छोटो समयमा संभव हुने बताए ।

अर्को पुस्ताको कुरा नगर्नुहोस, राजदुत पुरीले भने, हवाई र रेल सम्पर्कसंग जोडिए यही पुस्ताले केही वर्षमा आर्थिक विकास र समृद्धि महशुस गर्न पाउने छ ।

यो प्रान्त भारतका दुई प्रान्त उत्तर प्रदेश र उत्तराखण्डसंग जोडिएको छ , दुईटै प्रान्त विकासमा निकै तिब्र गतिमा अघि बढिरहेका छन् । उनले भने, भारतका प्रान्त र नेपालका प्रान्तका बीचमा सहकार्य गरेर अघि बढ्न सकिन्छ । र त्यसबाट दुबै देशका सीमावर्ती प्रदेशहरुको विकास र समृद्धि हुनेछ ।

उत्तराखण्ड भारतको नयाँ प्रान्त हो, तर उद्योग,जलस्रोत र सडकमा छोटो समयमा निकै फड्को मारेको छ, उनले भने, जलस्रोत, पर्यटन र सडकको विकास भएमा प्रदेश नम्बर सात पनि छोटो समयमै पनि फड्को मार्न सक्छ ।

उनले दोधरा चाँदनीमा सुख्खा बन्दरगाहमा सुख्खा बन्दरगाह स्थापनाका लागि नेपाल र भारतको संयुक्त टीम आएको बताए । उनले भने, उनीहरु यहाँ कसरी सुख्खा बन्दरगाह स्थापना गर्ने भनेर अध्ययन गरिरहेका छन् । चाडो भन्दा चाडो सुख्खा बन्दरगाह स्थापना होस भन्ने हाम्रो चाहना छ ।

नेपालको बिरगञ्जमा वर्षौ पहिले स्थापना भएको सुख्खा बन्दरगाह छ, बिराटनगरमा रेल सेवा छ । तर यस प्रदेशमा छैन, राजदुत पुरीले भने, हाम्रो पहल दोधरा चाँदनीमा सुख्खा बन्दर गाह स्थापना गर्ने र दोधरा चाँदनीसम्म भारतीय रेल सेवा विस्तार गर्ने हुनेछ ।

यहाँ सुख्खा बन्दरगाह खुल्यो र त्यसलाई सुदूरपश्चिमसंग रेल सेवाले जोड्न सक्यो भने त्यसले सुदूरपश्चिमलाई मात्र नभएर नेपालको पश्चिम भूभागलाई दिल्ली र मुम्बईलाई समेत जोड्नेछ । एउटा नयाँ करडिरको विकास हुनेछ । यसले यहाँको विकास त हुने नै छ । त्यसले दुई देशका प्रान्तहरुका बीचमा व्यवसायीक गतिबिधिको विकास समेत गर्नेछ ।
यहाँ ६ लेनको सडक बनिरहेको देख्दा मलाई अत्यन्त खुशी लागेको छ । उता भारततिर पनि सडकका ठूला आयोजना सञ्चालनमा छन् । उनले भने, यसले दुई देशका सीमालाई जोड्न सक्यो भने त्यसले विकासमा ठूलो मद्दत पुग्नेछ ।

भारतको सहयोगमा नेपालको तराईलाई पूर्वबाट पश्चिम जोड्ने सडकको निर्माण भईरहेको र त्यसले तराईको समृद्धि र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले गौरीफन्टा नाका र सडकको अवलोकन गर्न आग्रह गर्नुका साथै सडकको स्तरोन्नतीका लागि पहल गर्न राजदुत पुरीसंग आग्रह गरे ।
राजदूत पुरीले यस पटक समयमको अभावमा गौरीफन्टा जान नसक्ने बताएपनि चाडै फेरि प्रदेश नम्बर सातको भ्रमणमा आउने प्रतिबद्धता गर्दै त्यसबेला गौरीफन्टा नाकाको अवलोकन गर्ने बताए । उनले आश्वासन दिदै भने, उत्तर प्रदेश र उत्तराखण्डलाई प्रदेश नम्बर सात जोड्ने मेरो कोसिस हुनेछ ,म फेरि आउनेछौ, त्यतिबेला बिभिन्न क्षेत्रका बीज्ञहरुलाई ल्याएर आउनेछु, ।

मान्छे त गाडीमा चढेर पनि यात्रा गर्न सक्छ । रेल सेवा बिस्तार हुन सके कन्टेनर ढुवानीको मूल्य अत्यन्त सस्तो हुनेछ । जसले यस क्षेत्रको व्यवसायको विकासमा ठूलो सहयोग हुनेछ । उनले भने, त्यसैले दोधरा चाँदनीलाई पश्चिम नेपालका अन्य भूभागसंग रेल सेवाले जोड्न आवश्यक छ ।

हामी भारतीय रेल सेवालाई दोधारा चाँदनीसंग जोड्छौ । दोधरा चाँदनीबाट पश्चिम नेपाललाई नेपाली रेल सेवाले जोडोस,जसले आवात जावतमा मात्र सुबिधा हुने छैन, उनले भने, त्यो भन्दा बढि सस्तोमा सामान ढुवानी भई व्यवसायको विकासमा ठूलो योगदान पुग्नेछ ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष हरीशंकर ठाकुर र बरिष्ठ उद्योगपति श्याम तायलले राजदुत पुरीको स्वागत गर्दै राजदुत पुरीको पालामा नेपाल र भारतको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

श्रोत : पश्चिम टुडे

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles