23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

दक्षिणकाली बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ, चैत १५ गते।

दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिनुभयो ।

घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles