29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

महाकालीमा ३ सय ५० सवारीसाधन प्रतिबन्धित

महेन्द्रनगर, १४ चैत्र ।

सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेकासवारी साधन गुड्न नपाउने नियम लागू गरेसँगै महाकाली अञ्चलमा ३ सय २५ सवारी साधन प्रतिबन्धित भएका छन् । महाकाली यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले २० वर्ष नाघेका सवारी चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाईएको बताए ।

उनले गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारी साधन धनीलाई निर्देशन दिईएको बताए । उनका अनुसार पुराना सवारी साधनले वायु प्रदुषण र सवारी दुर्घटना सममेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले चैतको पहिलो दिनबाट हटाउने निर्णय गरेको हो ।

विभागले सवारी तथा यातायात व्यवस्था निमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष सावरी साधन पुराना सवारी साधन हटाउन लागेको हो । महाकाली यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार बन्देज लगाईएका सवारी साधनमध्ये भाडाका साधन सबैभन्दा बढि छन् ।

प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १ सय २४, ट्रक १ सय ६, मिनि बस ३, टिप्पर १० र १/१ कन्टेनर तथा मिनि ट्रक रहेका छन् । त्यस्तै ट्याक्टर १३, जीप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन । २० वर्ष पुराना सवारी साधन गुडाएको पाईएमा समातेर कानुनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिईएको नासु भट्टले बताए ।

११ महिनामा २१ सय सवारी दर्ता

यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा २ हजार एक सय एक सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालु आर्थिक वर्षको फाुगन मसान्तसम्ममा ती सवारी साधन दर्ताका भएका हुन् । उनले नयाँ दर्ता भएका सावरी साधनमा सबै भन्दा बढी एक हजार पाँच सय ६२ मोटर साईकल रहेका बताए ।

त्यस्तै बस ७, मिनि बस/ट्रक ४, एक्स्काभेटर ४३, जिप/कार ३२ र माइक्रो १९ नयाँ दर्ता भएका छन । साथै सरकारी मोटरसाईकल ३७ र ट्रेक्टर तथा ई–रिक्सा ८४/८४ वटा दर्ता भएका छन । ८ करोड ७५ लाख राजस्व संकलन यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा चालु आर्थिक वर्षको फागुनसम्ममा ८ करोड ७४ लाख ९२ हजार तीन सय ९६ रुपैयाँ राजस्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका लेखापाल अनिल चन्दले चालु आर्थिक वर्ष २०७४/७५को फागुनसम्ममा उत्त राजस्व संकलन भएको बताए । उनका अनुसार कार्यालयले सवारी कर मार्फत ५ करोड २९ लाख २३ हजार चार सय ६४ र सवारी दर्ताबाट २ लाख ६८ हजार ५७ हजार दुई सय २० रुपयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै यातायात क्षेत्रको आम्दानी ६४ लाख ८२ हजार दुई सय ५५ र सडक सुधार तथा निर्माण दस्तुर अन्र्तगत १२ लाख २९ हजार चार सय ५७ रुपैयाँ कर संकलन भएको लेखापाल चन्दले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles